दश महिनामा ३२ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा नेपालमा ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो। उक्त मुल्यमा ६३ लाख ५५ हजार २३४ वटा मोबाइल सेट नेपाल भित्रिएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्