नेपालको १५६ भन्दा बढी देशसँग व्यापार, २३ देशसँग मात्र व्यापार नाफा काठमाडौं। भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विश्वका १५६ भन्दा बढी देशसँग व्यापार गरेको छ। व्यापार गरेकामध्ये मात्र २३ वटा देशसँग व्यापार नाफा रहेको छ। बाँकी १३३ भन्दा बढी देशसँग नेपालको व्यापार घाटा रहेको छ। पछिल्लो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्बको आयात र १ खर्ब ८ अर्बको निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्