कोल्टी र कवाडीमा चामल पर्याप्त कालिकोट। जिल्लाको पूर्वी-उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा चामलको मौज्दात पर्याप्त रहेको जनाएको छ । कोल्टी खाद्य संस्थानमा हाल एक हजार १०० क्‍विन्टल चामल रहेको शाखा प्रमुख नवीन आचार्यले बताए। थप ९० क्‍विन्टल चामल सुर्खेतबाट आइसकेकाले निषेद्याज्ञामा पनि कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले बताए। यस्तै कवाडी खाद्य डिपोमासमेत चामल मौज्दात रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्