विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ रसुवा। निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ।विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो।भोइथ कम्पनीका दक्ष जनशक्ति नआएकाले १११ मेगावाट क्षमताको विद्युत् गृहको काम ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्