भारतमा उत्पादन घटाउँदै एफएमसीजी कम्पनीहरु एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण भारतमा फास्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)को उत्पादन घटाइएको छ। वितरक तथा ई–कमर्स कम्पनीमा परिचलान समस्या आएका कारण उत्पादन घटाइएको हो। भारतको सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी पार्लेलगायत अन्य कम्पनीले आधा उत्पादन घटाएका छन्। कोरोनाको कारण कम समय पसल खुल्ने, कर्मचारीलाई विदा हुने र ग्राहकको माग कम भएका कारण एफएमसीजी उत्पादन घटाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्