वैशाख २६ गतेयता प्रहरीद्वारा नौहजार बढी अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा वैशका २६ गतेयता देशका विभिन्न स्थानबाट नौहजार ३५३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलन गरिएको अक्सिजन सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्