चार बर्षदेखि सीमाभन्दा दोब्बर बजेट घाटा <p>काठमाडाैं। पछिल्ला चार बर्षमा सरकाको बजेट घाटा अस्वभाविक पथमा बढ्दै गएको छ।</p> <p>सामान्यतया कुल गार्हस्थ उत्पादन जिडीपीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने वित्तीय घाटा १० प्रतिशत नाघेको छ। आर्थिक बर्ष २०७५।७६ मा वित्तीय घाटा १० दशमलब १ प्रतिशत छ।</p> <p>यो अघिल्लो आब २०७४।७५ को तुलनामा शुन्य दशमलब छ प्रतिशत विन्दुले न्युन भए पनि कुल गार्हस्थ उत्पादन जिडिपीको अनुपातमा हिसाब गर्दा धेरै नै हो।</p> <p>आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार आर्थिक बर्ष २०७४।७५ मा वित्तीय घाटाको दर १० दशमलब ६ प्रतिशत थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्