नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्