पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य काठमाडौं। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले प्रतिलिटर पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य २÷२ रुपैंयाँले बढाएको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२३ रूपैंयाँ, डिजेल १०६ रूपैंयाँ र मट्टितेल ७८ रूपैंयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्