कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित काठमाडौं। वैशाखभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको योजना कोरोना भाइरसको दोस्रो लहरले प्रभावित भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको जानकारी दिए। हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्