गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उद्घाटन आज काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीको नवनिर्मित सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्ययमबाट उद्घाटन गर्नेछन्। कार्यक्रम ४ बजेका लागि तय भएको बताइएको छ। प्रधानमन्त्रीमा सपथ र पदभार ग्रहणपछि उक्त केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्