एलन मस्कले बोली फेरे, बिटक्‍वाइनले टेस्ला खरिद गर्न मिल्दैन एजेन्सी। संसारका धनाढ्य एलन मस्कले बिटक्‍वाइनटबाट टेस्ला कार खरिद गर्न नसकिने बताएका छन्। केही समयअघि उनले आफ्नो कम्पनीको कार बिटक्‍वाइनबाटै खरिद गर्न मिल्ने घोषणा गरेका थिए। जलवायुसँग जोडिएका चिन्ताहरु अघि सार्दै हाललाई बिटक्‍वाइनबाट टेस्ला खरिद गर्ने कुरामा प्रतिबन्ध लगाएको बुधबार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटमार्फत् जानकारी दिएका हुन्। बिटक्‍वाइन अहिले संसारकै सबैभन्दा ठूलो डिजिटल करेन्सी बनेको छ।
प्रतिक्रिया दिनुहोस्