खाने तेलमा २१ प्रतिशत मूल्यवृद्धि काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ। यस अवधिमा माछा/मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य वस्तुमा १०.४१ प्रतिशत र सफ्ट पेयपदार्थको मूल्य १०.१८ प्रतिशतले बढेको छ। यो गत आर्थिक वर्ष २०७६/७७ को साउन/चैत अवधिको तुलनामा हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्