मुद्रास्फीति ३.१० प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले२०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति३.१० प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति६.७४ प्रतिशत रहेको थियो। राष्ट्र बैंककाअनुसार चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ। चैत महिनामा काठमाडौं उपत्यकामा३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्