२० प्रतिशतले बढ्यो निर्यात व्यापार काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्