साउनदेखि माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा उत्पादन काठमाडौं। दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी आर्थिक वर्षदेखि मात्रै पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु हुने भएको छ। प्रवक्ता गणेशप्रसाद न्यौपानले आगामी आर्थिक वर्षको सुरुवातदेखि पूर्ण क्षमतामा ४५६ मेगावाट विद्युत उत्पादन हुने बताए। यतिबेला आयोजनाको सुरुङमा पानी हालेर परीक्षण भइरहेको छ। परीक्षण सफल भएमा जेठ दोस्रो सातामा पहिलो चरण र त्यसको प्रत्येक दुई सातामा अर्को चरणको उत्पादन हुँदै जानेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्