नौ महिनामा ८ अर्बभन्दा बढीको गहुँ आयात काठमाडौं। नेपालले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ८ अर्ब २३ करोड ६३ लाख ७२ हजार रुपैयाँको गहुँ आयात गरेको छ। २०७७ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त गहुँ नेपाल भित्रिएको हो। उक्त मूल्यमा २६ करोड २७ लाख ४६ हजार ७४२ केजी गहुँ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। ठूलो मात्रामा गहुँ भारतबाट आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्