अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोक्ने निर्णय भएको छ। मन्त्रालयमा आज भएको छलफलले अन्तर्राष्ट्रिय उडान तत्काल नखोल्ने निर्णय गरेको हो। यद्यपि यस अवधिमा नेपाल–भारत उडान भने निरन्तर रहनेछ। वैशाख २२ गते रातीदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्