यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्