भारतबाट साढे ३८ करोडभन्दा बढीको गोलभेडा नेपाल भित्रियो काठमाडौं। कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भारतबाट ३८ करोड ५३ लाख ९३ हजार रुपैयाँको गोलभेडा नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको गोलभेडा नेपाल भित्रिएको हो। सो अवधिमा ३ करोड १ लाख ९९ हजार ६९४ केजी गोलभेडा नेपाल भित्रिएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्