भारतमा अमेजनको ९१५ करोड भारु लगानी, वालमार्ट र जियोमार्टसँग प्रतिस्पर्धा एजेन्सी। विख्यात कम्पनी अमेजनले भारतमा अमेजन सेलर सर्भिसेजमा ९१५ करोड भारु लगानी गरेको छ। यो लगानीले अमेजनलाई भारतमा उसको प्रतिद्वन्द्वी कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज हुनेछ। फ्लिपकार्टको वालमार्ट र मुकेश अम्बानीको जियोमार्ट अमेजनमा दुई प्रतिद्वन्द्वी हुन्। भारतीय बजारमा अमेजनले आफ्नो उपस्थिति मजबुत बनाउन अमेजन बजार मन्च, थोक तथा भुक्तानी व्यवसायलगायतमा अर्बौं डलर लगानी गरिसकेको छ। अमेरिकापछि भारत अमेजनको प्रमुख बजार हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्