बूढानिलकण्ठमा आइसोलेसन सञ्‍चालन काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शैय्याको आइसोलेसन सञ्‍चालनमा आएको छ। सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेसन सञ्‍चालन गरिएको थियो। बूढानिलकण्ठ-१० स्थित डिठ्ठाचौर, बालुवाखानीमा पनि १५ शैय्याको आइसोलेसन आइतबारदेखि सञ्‍चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्