निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्