व्यापारीले लुकाउन थाले अक्सिजन सिलिन्डर काठमाडौं। अक्सिजन सिलिन्डरको माग बढ्न थालेपछि व्यापारीले लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको थियो। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्