निषेधाज्ञाले अलपत्र परेका ११ विदेशी पर्यटकको उद्दार काठमाडौं। नेपाल पर्यटन बोर्डले ११ जना विदेशी पर्यटकको उद्दार गरेको छ। निषेधाज्ञाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा उद्दार गरेको हो। लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकी पर्यटकको उद्दार गरिएको हो। बोर्डले समस्यामा परेका पर्यटकको उद्दार गर्न भन्दै विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्