जुम्लामा २०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट पुनःस्थापना काठमाडौं। भारतको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको आज उद्घाटन गरिएको छ। २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो। प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो। प्लान्टबाट करिब २० हजार मानिसहरु लाभान्वित हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्