सेयर बजार ५ अंकले घट्यो काठमाडौं। आज बुधबार सेयर बजार परिसूचक ५ अंकले घटेपछि २६ सय ४९ अंकमा आएर रोकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको थियो। यस क्रममा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये ४ समूहमा मात्रै सुधार आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्