बजारमा मास्क र स्यानिटाइजर पर्याप्त काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क र स्यानिटाइजर पर्याप्त मात्रामा रहेको बताएको छ। अनुगमनका क्रममा बजारमा यी दुई स्वास्थ्य सामाग्रीको अभाव नदेखिएको विभागले बताएको हो। त्यसैले, उपभोक्तालाई स्वास्थ्य सामाग्री अभाव हुनसक्ने अफवाहमा नलाग्न समेत आग्रह गरेको छ। यसैगरी, बजारमा तरकारी तथा फलफूलको आपूर्ति समेत पर्याप्त पाइएको विभागले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्