सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी असन्तुष्ट काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी/व्यवसायी असन्तुष्ट बनेका छन्। कोरोना महामारीको समयमा सरकारले एकलौटीरुपमा तलब बढाएको भन्दै व्यवसायीका तीन छाता संगठनले आज दिउँसो छलफल गर्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघबीच दिउँसो ४ बजे तलब वृद्धिसम्बन्धी छलफल रहेको चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्