भारतबाहिर कोभिसिल्ड खोप उत्पादन गर्ने सिरमको योजना एजेन्सी। सिरम इन्स्टिट्यूट भारतबाहिर पनि कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने तयारीमा लागेको छ। कम्पनीले खोपको कच्चा पदार्थको अभाव भइरहँदा भारतबाहिर पनि खोप उत्पादन गर्ने योजना बनाएको हो। भारतबाहिर उत्पादन सुरु भएपछि ६ महिनामा ३ बिलियन डोज खोप उत्पादन गरिने छ। अबको केही समयमा भारतबाहिर खोप उत्पादन गर्ने विषय सार्वजनिक हुने भारतीय सञ्चार माध्यमले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्