दुई कम्पनीको सेयर मूल्यमा सर्किट काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो। यस क्रममा महिलाको सेयर मूल्य प्रति कित्ता २८४ रूपैयाँ बढेर ३,१२५ पुगेको छ। यस्तै, सिंगटीको सेयर मूल्य प्रति कित्ता ३३ रूपैयाँ बढेर ३६३ रूपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्