एडीबी भन्छ-नेपालको जीडीपी ३.५ प्रतिशत काठमाडौं। एसियाली विकास बैंक(एडीबी)ले नेपालको कूल गार्हस्थ्य उत्पादन(जीडीपी) ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। यो गतवर्षको तुलनामा १.९ प्रतिशतले संकुचन भएको हो। बैंकद्वारा आज जारी 'एसियाली विकास परिदृश्य'अनुसार, कोरोनाका कारण पूर्वअनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ। कृषि उत्पादकत्व २.४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवाक्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्