मेगामा गाभिँदै गण्डकी विकास बैंक
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ ।

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यसपछि मेगा बैंकको पूँजी र व्यवसायको आकारका साथै ठूलो शाखा भएको ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए ।

गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशीघ्र अघि बढाउने उनले जानकारी दिए ।

असार मसान्त २०७६ को तथ्याङ्कअनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार एक खर्ब १२ अर्ब रूपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रूपैयाँ रहेको छ ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्