दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। महिला लघुवित्त वित्तीय संस्था र विशाल बजारको सेयरमा सर्किट लागेको हो। दुबै कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। जसअनुसार, लघुवित्तको सेयर प्रतिकित्ता २५८ रुपैयाँ बढेर २८ सय ४१ पुगेको छ। यसैगरी, विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ बढेर ४६ सय ३६ रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्