उपत्यकामा दैनिक ८ हजार अक्सिजन सिलिन्डर आवश्यक काठमाडौं। नेपाल अक्सिजन ग्यास उत्पादक संघले काठमाडौं उपत्यकामा दैनिक ८ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने बताएको छ। उपत्यकामा कोरोना संक्रमणको स्थिति भयावह बनेमा उक्त संख्याको अक्सिजन सिलिन्डर चाहिन सक्ने संघले बताएको हो। स्वास्थ्य मन्त्रालयले संघसँगको छलफलमा यस्तो आँकलन गरेको हो। यद्यपी, उपत्यकामा सिलिन्डरको अभाव हुनसक्ने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्