जेठ ६ गते हुने उपनिर्वाचनको बजेट–एक करोड ६१ लाख ३० हजार काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको बजेट एक करोड ६१ लाख ३० हजार रूपैयाँ तोकिएको छ। निर्वाचन आयोगले उक्त रकम निकासाको लागि आज अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। आयोगले निर्वाचनको आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक गतिविधि, २०७८ पनि तयार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्