सेयर बजार ९२ अंकले बढ्यो काठमाडौं। निषेधाज्ञाको घोषणासँगै सेयर बजार ९२ अंकले बढेको छ। निरन्तर घट्दै आएको बजार आज मंगलबार एकै दिन झण्डै १०० अंकले बढेको हो। बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्दा कारोबार भएका सबै समूह बढेका छन्। आज सबैभन्दा बढी माथिल्लो तामोसीको सेयर मूल्य १० प्रतिशत बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्