निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने काठमाडौं। यही १६ गतेदेखि लागू निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था बन्द हुने छैनन्। प्रशासनले बैंकले जारी गरेको परिचयपत्रका आधारमा निषेधाज्ञाको समयमा आवतजावत गर्न मिल्ने बताएको छ। यसैगरी, सरकारी कर्मचारी पनि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्