नेपालमा नौ महिनामा भित्रियो ८३ अर्बभन्दा बढीको डिजेल–पेट्रोल काठमाडौं। २०७७ साउनदेखि चैत महिनासम्म नौ महिनाको अवधिमा नेपालमा भारतबाट ८३ अर्ब १० करोड रुपैयाँको डिजेल र पेट्रोल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा २३ अर्ब ३५ करोड रुपैयाँको पेट्रोल र ५९ अर्ब ७४ करोड रुपैयाँको डिजेल नेपालले भारतबाट खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९६ अर्ब ५७ करोड रुपैयाँको डिजेल–पेट्रोल नेपालले आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्