मध्य भोटेकोशीको एक करोड ५० लाख कित्ता आईपीओ आउने काठमाडौं। नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी हाइड्रोपावरलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ। यसअनुसार भोटेकोशीले एक सय रूपैयाँ अङ्कित एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्नेछ। यसमध्ये ६० लाख कित्ता स्थानीयलाई छुट्याउनुपर्नेछ। बाँकी रहेको एक करोड १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ। आइपीओ बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्