आयल निगमलाई १५ दिनमा ७० करोड घाटा काठमाडौं। नेपाल आयल निगमले १५ दिनमा ७० करोड घाटा ब्यहोर्नुपर्ने भएको छ। यो, वैशाख ४ गते पेट्रोल÷डिजेलको मूल्य एक रुपैयाँ बढेपछिको घाटा हो। पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा ०.४४ रुपैयाँ घाटा छ। यसैगरी, एलपी ग्याँसमा प्रतिलिसिलिण्डर ४१८.४७ रुपैयाँ घाटा छ। जसअनुसार १५ दिनमा ग्याँसमा ६० र पेट्रोल/डिजेलमा १० करोड गरी कुल ७० करोड घाटा हुने निगमले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्