बजेटमा हिमाली र उच्च पहाडी क्षेत्रकेन्द्रित छुट्टै कार्यक्रम आउने काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै कार्यक्रम ल्याउने बताएका छन्। अर्थ समितिको सोमबारको बैठकमा यसपटकको बजेटमार्फत् नयाँ कार्यक्रम आउने बताएका हुन्। पहिला भएको ‘दुर्गम क्षेत्र विकास समिति’ कार्यक्रम संघीयता कार्यान्वयन भएसँगै कटौती गरिएको छ। अब फेरि केन्द्रीय सरकारले नै कार्यक्रम तय गर्ने तयारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्