सेयर बजार ३५ अंकले ओरालो लाग्यो काठमाडौं। आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से २६ सय ९९ अंकमा आएर थामिएको हो। यसक्रममा ८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी, एक करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेप्सेमा कारोबार भएका १३ मध्ये म्यूचूअल फण्डबाहेक सबै समूहका सूचक घटेका छन्।
प्रतिक्रिया दिनुहोस्