माथिल्लो तामाकोशीले वैशाखभित्रै विद्युत उत्पादन गर्ने काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ। संसदको अर्थ समितिको आजको बैठकमा उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटको विद्युत उत्पादन सुरु हुने बताए। उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ, वैशाखभित्रै ७६ मेगावाट युनिट सञ्चालन सुनिश्चित भएको छ।’ बाँकीका महिनामा उत्पादन थप्ने लगिने उनको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्