भारतमा ३४.६ अर्ब डलरको सुन आयात काठमाडौं। भारतमा गत आर्थिक वर्ष २०२०–२०२१ मा ३४.६ अर्ब डलर बराबरको सुन आयात भएको वाणिज्य मन्त्रालयले जनाएको छ। अघिल्लो आवको तुलनामा त्यहाँ सुन आयात २२.५८ प्रतिशत बढेको छ। भारतमा सुनको घरेलु प्रयोग बढेकाले आयात वृद्धि भएको हो। चाँदीको माग भने ह्वात्तै घटेको छ। सुन आयातमा देखिएको वृद्धिले भारतको व्यापारघाटा कम भएर ९८.५६ अर्ब डलर भएको मन्त्रालयले जानकारी दिएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्