महासंघले माग्यो स्टार्टअपसँग आवेदन काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लगानीको खोजीमा रहेका स्टार्टअप कम्पनीसँग आवदेन मागेको छ। महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले लगानीकर्ताको खोजीमा रहेका स्टार्टअप उद्यमीसँग आवेदन आह्वान गरेको हो। लगानीकर्तासँग आबद्ध हुन इच्छुक उद्यमीले दिएको आवेदनका आधारमा महासंघले लगानी जुटाउन सहयोग गर्छ। महासंघमा कृषि, उत्पादनमुलक, सूचना प्रविधि र सेवा क्षेत्रका स्टार्टअप कम्पनीले आवेदन गर्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्