चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्। नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान अनुसार उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो। २००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा ‘गोल्छा अर्गनाइजेसन’का अध्यक्ष समेत भइसकेका छन्। हाल उनले हंशराज हुलासचन्द, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसाय सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस्