तोलामा २०० ले बढ्यो सुनको भाउ काठमाडौं। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य तोलामा ९० हजार ७०० रुपैयाँ तोकेको हो। यसको भाउ शुक्रबार ९० हजार ५०० रुपैयाँ कायम थियो। यसैगरी, तेजाबी सुनको मुल्य ९० हजार २०० रुपैयाँ कायम छ। सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर कायम रहँदै तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्