आयल निगमलाई पाक्षिक ८० करोड घाटा
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढावले नेपाल आयल निगमलाई पाक्षिक ८० करोड रूपैयाँ घाटा लाग्ने भएको छ। पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड पुग्ने निगमको प्रक्षेपण छ। पछिल्लो १५ दिनमा एलपी ग्यासमा निगमले ६० करोड रूपैयाँ घाटा व्यहोरेको छ।
प्रतिक्रिया दिनुहोस्
