वैशाखभित्रै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेल चल्ने
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जयनगर-बर्दिवास रेल्वेको प्रथम खण्ड भारतको जयनगरबाट धनुषाको कुर्थासम्म यही वैशाखभित्रै रेल चल्ने दाबी गरेका छन्। पूर्व-पश्चिम र जयनगर-बर्दिवास रेल्वेको कामको अनुगमनमा महोत्तरी पुगेका मन्त्री नम्वाङले रेलको अन्तिम तयारी भइरहेको बताए। जयनगर-बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको ३४ किलोमिटर लिग निर्माण गत वर्ष नै सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्
